अस्ट्रेलियाविरुद्धको पहिलो टी-२० क्रिकेटमा पाकिस्तान विजयी

एजेन्सी । अस्ट्रेलियाविरुद्धको पहिलो टी-२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । 

बुधवार राति भएको खेलमा पाकिस्तानले अस्ट्रेलियामाथि ६६ रनको जीत हात पारेको हो । जीतपछि तीन खेलको टी–२० क्रिकेट श्रृंखलामा पाकिस्तानले १–० ले अग्रता लिएको छ ।

१ सय ५६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अस्ट्रेलिया १६ दशमलब ५ ओभरमा अल आउट हुदैँ मात्र ८९ रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि कुल्टन नाइल ३४ रन, अस्टन अगरले १९ तथा  क्रिस लायनले १४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

पाकिस्तानका इमाद वासिमले ३, फेहिम असरार्फ र शाहिन अफ्रिदीले समान दुई-दुई विकेट लिए । हसन अली र शादव खानले समान एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो । पाकिस्तामनका लागि बाबर आजमको अर्धशतकिय पारी खेले ।

उनले ५५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६८ रनमा नट आउट रहे । त्यस्तै मोहमम्द हफिजले ३९ तथा फकर जमानले १४ रन जोडे ।  दोस्रो टि-२० क्रिकेट खेल भोली ‘शुक्रवार’ हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?