च्याम्पियन्स लिग फुटबलमा लिभरपुल र बोरुसिया डटमुण्ड विजयी

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब लिभरपुल विजयी भएको छ । 

बुधवार राति भएको समूह ‘सी’को खेलमा लिभरपुलले क्रेवेना जव्वेडालाई ४-० गोल अन्तरले हरायो । खेलको २० औँ मिनेटमा लिभरपुलका लागि रोर्बेटो फिर्मिनोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ४५ औँ मिनेटमा मोहम्मद सलाहले गोल गरे । एक पक्षिय रहेको खेलको ५१ औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे । ८० औँ मिनेटमा मानेले गोल गरे । जीतपछि लिभरपुल ६ अंकका साथ समूश ‘सी’को पहिलो स्थानमा छ । 

५ अंकका साथ नपोली दोस्रो तथा ४ अंक बनाएको पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ तेस्रो स्थानमा छ । 

त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा बोरुसिया डटमुण्डले एथ्लेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्‍यो । बोरुसिया डटमुण्डको जीतमा गुईर्रोरोले दुई तथा विटसेल र सान्चाले समान एक-एक गोल गरेका थिए । 

यता एफसी पोर्टोले लोकोमोटिभलाई ३-१ गोल अन्तरले पराजित गर्‍यो । गलातासाराय र साल्केबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । यता पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले नपोलीसँग २-२ गोलको बराबरी खेलेको छ । क्लब बुर्गले मोनाकोलाई १-१ गोलको बराबरीमा रोक्न सफल भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?