जाउँ गुरु प्रालिद्वारा ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक

लोकपथ
169
Shares

काठमाडौं । जाउँ गुरु प्रालिले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू, इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु प्रालिमार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गरेका हुन् । नेपालमा अन्य राइडर एपहरुको भन्दा फरक सेवा सुविधासहित नेपालमा नै बनाइएको जाउँ गुरु एप बजारमा आएको हो ।

यो एपमा मोटरसाइकल र ट्याक्सी राइडरहरुले एपसँग आवद्ध भएर यात्रुहरुलाई चढाउँदासमेत शुल्क नलाग्ने प्रालिले जानकारी दिएको छ । मोटरसाइकल र ट्याक्सी राइडरहरुले सजिलै एपमा आवद्ध हुनसक्ने र राइडर,यात्रुको लागि बीमामा कमिसन पाउने व्यवस्था गरेको छ ।

जाउँ गुरु प्रालिका अध्यक्ष इन्द्रहाङ लिङदेनले नेपालको लागि नेपालमा नै बनाएको राइडर एप सार्वजनिक गरिएको बताएका छन्। उनले चाँडै काठमाडौं उपत्यकालगायत देशैभरका शहरहरुमा सेवा बिस्तार गर्ने योजनाकासाथ काम गरिरहेको पनि बताए ।

नेपालमा प्रयोगमा आएका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीले मात्रै सुविधा दिँदै आएकामा जाउँ गुरुले बाइक डेलिभरी,मिनी ट्रक, पानी ट्याङ्कर र जिपसमेत भाडामा लिन सहजिकरण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?