बिजुलीमा कुलमानको अर्को क्रान्ति :अायोजनाको डीपीअार बनाउन विदेशी कम्पनीको निर्भरता तोडियो

काठमाडाैं : विधुत पहुँच विस्तार र अापूर्ति व्यवस्थापनमा खरो उत्रिएका नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविधुत अायोजनाको अध्ययन र परामर्शमा विदेशी कम्पनीको निर्भरता समेत अन्त्य गरिदिएका छन् । 

यसअघि प्राधिकरणले अघि बढाएका अधिकांश अायोजनाको पूर्वसम्भाव्यता अध्ययन (प्रि-फिजिबिलिटी अध्ययन) देखि डीपीअारसम्मको काम विदेशी परामर्शदाता कम्पनीबाट हुने गरेको थियो । यसरी विदेशी कम्पनीमा निर्भर हुँदा एकातिर अध्ययनअनुसार अायोजना अघि बढाउन समस्या हुने, ठूलो परिमाणमा रकम बाहिरिने, अध्ययनमा नेपाली कम्पनी नै परिचालित भएपनि अायोजनाको प्रतिवेदनमाथि विदेशी कम्पनीको स्वामित्व रहने र अायोजना विकासमा स्वार्थ समूहहरूको प्रभाव रहने समस्या व्याप्त थियो । 

प्राधिकरणको सहायक कम्पनीका रूपमा गठित एनर्इए र्इञ्जिनियरिङ कम्पनीले अहिले १६७८.५ मेगावाट क्षमता रहने विभिन्न ५ वटा ठूला जलविधुत अायोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीअार) तयार गरिरहेको छ। अबको २० महिनाभित्र यी ५ वटै अायोजनाको अध्ययन प्राधिकरण स्वामित्वको यही कम्पनीले सम्पन्न गर्नेछ ।

अहिले प्राधिकरण मातहतको एनइए र्इञ्जिनियरिङले फुकोट कर्णाली, किमाथांका अरूण, बेतन कर्णाली, जगदुल्ला र रोल्वालिङ जलविधुत अायोजनाको डीपीअार समेतको काम गरिरहेको छ । यी अायोजनाको डीपीअार सकिएपछि यो कम्पनीले प्रस्तावित अन्य अायोजनाको पनि अध्ययन थाल्ने लक्ष्य राखेको छ। 

एनइए र्इञ्जिनियरिङ कम्पनीको अध्यक्ष स्वयं कुलमान घिसिङ हुन् भने विधुत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्त र राष्ट्रिय प्रसारण तथा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवाली पनि कम्पनीमा संलग्न छन् ।

एनइए इञ्जिनियरिङमार्फत डीपीअारको क्रममा रहेका अायोजनाहरू : 

  • फूकोट कर्णाली जलविद्युत् आयोजना (४५६ मेगावाट)
  • किमाथांका अरुण (२९२५ गिगावाट प्रतिघन्टा)
  • बेतन कर्णाली अायोजना (६८८ मेगावाट)
  • जगदुल्ला (९२.५ मेगावाट)
  • रोल्वालिङ जलविधुत अायोजना (२२ मेगावाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?