नेपालले ३ महिनामा ५७०० करोडको तेल किन्यो, २३७४ करोडको सामान बेच्यो

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) नेपालबाट पेट्रोलियम पदार्थ खरिदमा मात्रै ५७ अर्ब रूपैयाँ बाहिरिएको छ । इन्डियन अायल कर्पोरेशनसँग पेट्रोलियम पदार्थ किनिरहेको नेपालले तीन महिनामा यो मूल्य बराबरको तेल किनेको हो । 

भन्सार विभागका अनुसार अार्थिक बर्षको पहिलो ३ महिनामै नेपाललार्इ तीन खर्ब ४९ अर्ब ८४ करोड रूपैयाँबराबरको ब्यापार घाटा भएको छ । 

तर, दशकाैंदेखि उत्पादनमूलक उद्योग र अात्मनिर्भर अर्थतन्त्रको जार्गन खेलार्इरहेका सरकारका नीति तथा कार्यक्रम विफल हुँदा यो तीन महिनामा नेपालले कूल २३ अर्ब ७४ करोड रूपैयाँ बराबरको वस्तु मात्रै विदेशी बजारमा बेच्न सकेको देखिएको छ ।

अर्कातर्फ, दैनिक अत्यावश्यक वस्तुका लागि पनि नेपालीहरूले विदेशी उत्पादनमा भर पर्नुपर्ने अवस्था बढीरहेको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । यसैगरी, अत्यावश्यकीय बस्तुका साथै नेपालीहरूले विलासिताका सामानमा पनि खर्च बढार्इरहेको देखिएको छ । 

यी हुन् अायात भएका मूख्य वस्तु :

  • पेट्रोलियम पदार्थ : ५७ अर्ब रुपैयाँ
  • फलाम र स्टिलको कच्चा पदार्थ : ४० अर्ब रुपैयाँ
  • सवारीसाधन : २९ अर्ब रुपैयाँ
  • विमान र विमानका सामान : १७ अर्ब रूपैयाँ
  • मेशिनरी सामान: २८ अर्ब रुपैयाँ
  • र्इलेक्ट्रिकल सामान : २२ अर्ब रूपैयाँ
    जम्मा अायात ः ३ खर्ब ७४ अर्ब रूपैयाँ

यी सामान निर्यात भए : 

  • कच्चा धागो : २ अर्ब २४ करोड रूपैयाँ
  • गलैँचा : २ अर्ब ३४ करोड रूपैयाँ
  • गार्मेन्ट : १ अर्ब ९० करोड रूपैयाँ
    कूल निर्यात : २३ अर्ब ७४ करोड रुपैयाँ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?