नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिक

लोकपथ
65
Shares

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।

कम्पनीकोे प्रधान कार्यालय कमलादी काठमाडौंमा आयोजित एक विषेश समारोहका बीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरीउक्त एपलाई सार्वजनिक गरेका हुन । परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्नेछन् ।

सर्वप्रथम एपलाई एप स्टोर वा प्लेस्टोरबाट डाउनलोड गरीआफ्नोरजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बीमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ ।

एप्लिकेसनमा एकै जनाको एक भन्दाबढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहजतवरले प्राप्त गर्न सकिने कुरा इन्स्योरेन्सले जनाएको छ ।

साथै, एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ ।

हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्घता नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताएका छन् ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रम सँगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुबिधाहरुलाई ग्राहक तथा अभिकर्ता समक्ष सहज, सुरक्षित एवम् प्रभावकारीरुपमा उपलब्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने कुरा यस इन्स्योरेन्सका प्रमुख सूचना प्रविधि अधिकृत शरद चन्द्र प्याकुरेलले जानकारी दिए ।

यस एपलाई ग्राहक तथा अभिकर्ताहरुको आवश्यकता अनुरुप क्रमश थप परिस्कृत तथा विकसित गर्दै लैजाने विषयमा नेपाल लाइफ प्रतिबद्ध रहेको जानकारी पनि कम्पनीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?