तत्कालको लागि एलसी रोक्न राष्ट्र बैंकद्वारा बैंकहरुलाई निर्देशन

लोकपथ
65
Shares

काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरे सँगै नेपाल राष्ट्र बैंकले पनि त्यस्ता वस्तुहरुको लागि तत्कालको लागि प्रतिपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आईतवार वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र अन्य निकाहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त निर्देशन दिएको हो । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ को दफा १ दशमलव १८ को अन्तिम वाक्य पश्चात व्यवस्था थप गरिएको बताइएको छ ।

सो अनुसार नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र (खण्ड ७२) मिति २०७९ असोज २८ गते अतिरिक्त (४५) को सूचना बमोजिम केही वस्तुहरुको पैठारीमा पुर्ण बन्देज लगाईएकोले सोही सूचना बमोजिम गर्नु, गराउनु पर्ने राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ ।

सो अनुसार विदेशी मदिरा, तीन सय डलरभन्दा बढीको स्मार्ट फोन, एक सय ५० सीसी माथिका मोटरसाइकल तथा जीप, कार र भ्यानको आयातको प्रतिबन्ध २९ मंसिरसम्म कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?