नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाले अाफ्ना शेयरधनीलार्इ शतप्रतिशत हकप्रद शेयर दिन पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। 

अाफ्ना शेयरधनीसँग जति कित्ता शेयर छ, सोही संख्यामा प्रतिकित्ता १०० रूपैयाँका दरले थप शेयर उपलब्ध गराउन नाडेपले हकप्रद निष्काशनको अनुमति मागेको हो । १:१ अनुपातमा १६ करोड रूपैयाँ बराबरको १६ लाख कित्ता हकप्रद शेयर जारी गर्न नाडेपले नबिल इन्भेष्टमेन्ट बैंकिङ लार्इ बिक्री प्रबन्धक समेत तोकेको छ । 

नाडेपले गत असार १० गतेदेखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता अार्इपीअो बेचेको थियो । अार्इपीअो बिक्रीपछि १६ करोड रूपैयाँ चुक्तापूँजी पु-याएको नाडेपले हकप्रद बिक्रीपछि यसको अाकार दोब्बर अर्थात ३२ करोड रूपैयाँ पु-याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?