१३ माघ २०७९, शुक्रवार

प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

२०७९,आश्विन,३०,आईतवार १६:४७

27
Shares

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि सेयर बजार सम्बन्धी पूँजीबजार सम्वन्धी आधारभुत ज्ञान, प्रविधि एवम् सुरक्षाका बिषयमा एक दिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको हो ।

कार्यक्रम मोडेल कलेज, पुरानो बानेश्वर, काठमाडौंमा आईतवार आज सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए भने उक्त कार्यक्रमका उद्देश्य तथा महत्व बारे सञ्चालन विभाग प्रमुख श्रीमती बसन्ता उपाध्यायले प्रकाश पारेका थिए ।

प्रशिक्षणमा सेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, सेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम, कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । रोटर्याक्ट क्लब अफ पाटन वेस्ट सन् २००० मा स्थापना १८–३० वर्ष युवाले सञ्चालन गर्ने गैर–लाभकारी, गैर–राजनीतिक संस्था क्लब हो । यो क्लबको मुख्य उद्देश्य सेवामार्फत नेतृत्व, व्यावसायिक विकास र फेलोशिप प्रवर्धन गर्नु हो, जसमा क्लबका स्वैच्छिक सदस्यहरूले उनीहरूद्वारा प्रस्तावित र सञ्चालन गरिएका कार्यक्रमहरू र परियोजनाहरूमा काम गर्छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,३०,आईतवार १६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको समृद्धिका लागि सम्पूर्ण रुपमा समर्पित हुने प्रतिवद्धता जनाएका छन् । मारवाडी सेवा समितिको

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दूमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । ७१

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते अध्यावधिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम

काठमाडौं । फाईनान्स कम्पनीहरुको खुद मुनाफामा संकुचन आएको छ । नेपालमा हाल सबै किसिमका गरी १७ वटा फाईनान्स कम्पनीहरुले वित्तीय

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६