सिर्जना फार्इनान्सले ६०% हकप्रद जारी गर्ने

काठमाडाैं : सिर्जना फार्इनान्सले अाफ्ना शेयरधनीका लागि ६०% हकप्रद शेयर जारी गर्न पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। 

शेयरधनीसँग रहेको हरेक १० कित्ताबराबर थप ६ कित्ता शेयर दिने गरि यो फार्इनान्सले २४ लाख ४ हजार ८० कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

१०० रूपैयाँका दरले निष्काशन गरिने हकप्रद बिक्रीपश्चात यो संस्थाले २४ करोड ४ लाख ८ हजार रूपैयाँ शेयरधनीबाट संकलन गर्नेछ । 

४० करोड ६ लाख ८० हजार रूपैयाँ चुक्ता पूँजी रहेको सिर्जना फार्इनान्सले हकप्रद शेयर बेचेपछि चुक्ता पूँजीको अाकार ६४ करोड १० लाख ८८ हजार रूपैयाँ कायम गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?