भैरवकुण्ड हार्इड्रोले ३१ करोड ८३ लाख रूपैयाँको अार्इपीअो जारी गर्ने

काठमाडौं : सिन्धुपाल्चोकको तातोपानीमा ३ मेगावाट क्षमताको जलविधुत अायोजना सञ्चालन गरिरहेको भैरवकुण्ड हार्इड्रोपावरले ३१ लाख ८३ हजार २८० कित्ता साधारण शेयर (अार्इपीअो) जारी गर्ने भएको छ । 

स्थानीयबासिन्दाका लागि ६ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २५ लाख ३३ हजार २८० कित्ता शेयर जारी गर्न लागिएको हो ।

३१ करोड ८३ लाख २८ हजार रूपैयाँ बराबरको अार्इपीअो जारी गर्न यो कम्पनीले ग्लोबल अाइएमर्इ क्यापिटललार्इ बिक्री प्रबन्धक नियुक्त समेत गरेको छ । सर्वसाधारण लगानीकर्ताले प्रतिकित्ता १०० रूपैयाँका दरले भैरवकुण्डको शेयर भर्न पाउनेछन् । 

६५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको भैरवकुण्डले अायोजना प्रभावित स्थानीय बासिन्दाका लागि १०% शेयर छुट्याएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?