पानी बाराबारको अवस्थामा रहेका नेताहरुलाई कसले ल्याउँदैछ एकठाउँमा ?

काठमाडौं, १ कात्तिक– प्रजातान्त्रिक र वाम गठबन्धनको नाममा दलहरु पानी बाराबारको अवस्थामा रहेको बेला उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले तिनै नेताहरुलाई आज एकै मञ्चमा भेला गराउँदैछन् ।उपराष्ट्रपतिले शुभ दिपावली, छठ–२०७४ एवम् नेपाल संवत् ११३८ को अवसरमा आज जलपान समारोहको आयोजना गरेका छन् ।अपरान्ह ३ बजे उपराष्ट्रपति भवनको प्राङ्गणमा सुरुहुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश लगायत उच्च पदाधिकारीहरु सहभागी हुनेछन् ।यस्तै पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीलगायत विशिष्ट व्यक्तित्वहरुको पनि समारोहमा उपस्थिति रहने उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?