१३ माघ २०७९, शुक्रवार

यस्तो छ फलफूल तथा तरकारीको आजको बजार मूल्य

२०७९,आश्विन,३०,आईतवार ११:२२

99
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आइतबार अदुवा, लौका, रातो मूला र चिचिण्डोको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार तीन सय ९० रुपैयाँ रहेको छ ।

त्यस्तै, अमला, भटमासकोशा र ठूलो नेपाली गोलभेडा को औसत मूल्य ६५ रुपैयाँ, अम्बा एक सय १० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८२ रुपैयाँ ३३ पैसा, इमली एक स्य ४५ रुपैयाँ, स्थानीय काउली, लप्सी, डल्लो भन्टा, मकै बोडी, पिंडालू, पर्वल, तोरीको साग, निबुवा र लोकल घिउ सिमी प्रतिकेजी ५५ रुपैयाँ, लोेकल काक्रो, तराई गाजर र खुर्सानी ९५ रुपैयाँ, अकबरे खुर्सानी र भिण्डी ९५ रुपैयाँ, कागती दुई सय रुपैयाँ, सुकेको खुर्सानी चार सय १५ रुपैयाँ, लोकल गाजर एक स्य १५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, गुन्द्रुक दुई सय ७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६५ रुपैयाँ, भारतीय गोलेभडा ९५ रुपैयाँ, टनेल गोलेभडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा ३७ रुपैयाँ ६७ पैसा, घिरौला, चुकुन्दर र हरियो प्याज ७५ रुपैयाँ र चमसूरको साग दुई सय १० रुपैयाँ रहेको छ ।

त्यस्तै, कन्य च्याउ प्रतिकेजी एक सय ९० रुपैयाँ, डल्ले च्याउ तीन सय २५ रुपैयाँ, सुकेको छ्यापी दुई सय २५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, रहुसहितका माछा दुई सय ४० रुपैयाँ र तामा एक सय पाँच रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु एक स्य पाँच रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, पालूगो साग दुई सय १० रुपैयाँ, बरेला ४५ रुपैयाँ, भेडे खुर्सानी एक सय ८५ रुपैयाँ, रायोको साग एक सय ६५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा र सेलरी तीन सय २५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,३०,आईतवार ११:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते अध्यावधिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ । यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौं । फाईनान्स कम्पनीहरुको खुद मुनाफामा संकुचन आएको छ । नेपालमा हाल सबै किसिमका गरी १७ वटा फाईनान्स कम्पनीहरुले वित्तीय

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६