आईसीपी नाकाबाट नयाँ सवारी साधनको आयातमा वृद्धि

वीरगन्ज । वीरगन्जको एकीकृत भन्सार (आईसीपी) नाकाबाट नयाँ सवारी साधनको आयात बढेको छ ।

चाडपर्वका कारण जिप, कार, भ्यानलगायत सवारी साधनको आयात बढेको हो । वीरगन्ज र आईसीपी भन्सार नाकाबाट नयाँ सवारी साधनको आयात बढेको छ । चाडपर्वका कारण जिप, कार, भ्यानलगायत सवारी साधनको आयात बढेको हो ।

दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्वमा सवारी साधनको खरिद बिक्री बढी हुने भएकाले पनि यो सिजनमा नयाँ सवारी साधनको आयात तुलनात्मक रूपमा बढ्ने गरेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउन १ देखि असोज १५ को तुलनामा यस वर्षको यसै अवधिमा सवारी साधनको आयात उत्साहजनक रूपमा बढेको हो ।

कार्यालयका प्रवक्ता सन्तोष यादवका अनुसार चालु आर्थिक वर्षको यस अवधिमा यो नाकाबाट ८ अर्ब ४२ करोड रुपैयाँ बराबरका ५१ हजार ६ सय ८० सवारी साधन आयात भएका छन् । जसबाट १० अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । वीरगन्ज नाका सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका हो ।

समुद्री मार्गबाट भारतको कोलकाता बन्दरगाहसम्म ल्याइने तेस्रो मुलुकबाट आयातित सवारी साधनदेखि भारतमै निर्मित सवारी साधन पनि भौगोलिक निकटता र यहाँबाट राजधानी लग्न छोटो दूरी पर्ने भएकाले पनि आयातकर्ताले सवारी साधन आयातका लागि वीरगन्ज नाका नै रुचाउँने गरेका छन् । वर्षेनी यो नाकाबाट सवारी साधनको आयात क्रमश बढ्दै गएको भन्सार तथ्यांकले पनि देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?