विश्वकप ट्रफी शुक्रवार नेपाल ल्याइदै, चार दिन टुर गराइने

काठमाडौं । यहि शुक्रवार ‘आईसिसी’ विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइने भएको छ । 

क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसिसी’को नेपाल प्रतिनिधि भावना घिमिरेले दिएको जानकारी अनुसार विश्वकप ट्रफी यहि शुक्रवार बंगलादेशबाट नेपाल ल्याइन लागेको हो । ट्रफीलाई चार दिनसम्म नेपालमा राखिने पनि घिमिरेले जानकारी दिइन । 

ट्रफी टुरको व्यवस्थापन गरिरहेकी उनले पहिलो दिन शुक्रवार ट्रफीलाई स्वयम्भु भ्रमण गराईने छ । त्यस्तै शनिवार ट्रफीलाई पोखरा क्रिकेट रंगशालामा पुर्‍याइनेछ । पोखरा प्रिमियर लिग ‘पीपीएल’का लागि सबै खेलाडी र क्रिकेट सम्बन्धित व्यक्तिहरु पोखरामा नै भएकाले ट्रफी त्यसतर्फ लैजान लागेको हो । 

२८ गते आइतवार ट्रफीलाई काठमाडौंको चन्द्रागिरीलाई लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाईने कार्यतालिका रहेको पनि घिमिरेले बताइन् । 

२९ गते सोमबार प्रसंशकसँग ट्रफीको फोटो खिचाएर ट्रफीको नेपाल भ्रमणको समापन गरिनेछ ।

नेपालले एक दिवसीय राष्ट्रको मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागेको पनि उनले जानकारी दिइन् । 

विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी संयुक्त अरब इमिरेट्स ‘युएई’ हुँदै अमेरिका, वेष्ट इण्डिज, ओमान, श्रीलंका,  बंगलादेश, पाकिस्तान हुँदै नेपाल ल्याउन लागिएको हो । ट्रफीलाई नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?