लोकपथ टप फिप्टिन : हेर्नुहोस् देश विदेशका मुख्य समाचार (भिडियोसहित)

लोकपथ
65
Shares

१. प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै दलहरू आफ्ना निर्णयबाट रुष्ट भएका नेता कार्यकर्ताहरुलाई फकाउँदै हैरान, बागी उम्मेद्वारहरुले नतिजा उल्टिाउने चिन्ता ।

२. सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने, कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने ।

३.गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतको दाबी, देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यक्ता भएको जिकिर ।

४. निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिन्हमध्ये तीन वटामा गर्याे सामान्य हेरफेर, हाम्रो नेपाली पार्टीसहित डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा हेरफेर ।

५. नयाँ संविधानमाथि तरवार झुण्डिएको सहरी विकास मन्त्री मेटमणि चौधरीको दाबी, आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको ठोकुवा ।

६. देशको निकासका लागि गठबन्धन सरकारको विकल्प नभएको नेपाली कांग्रेसका नेता मोहन आचार्यको भनाइ, गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने दाबी ।

७. डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापर्दै, शतर्कता अपनाउन चिकित्सकको आग्रह सजग रहँदै शतर्कता अपनाउन चिकित्सकहरुको सुझाव ।

८.तिहार नजिकिएसँगै ओखरको आयात बढ्दो, दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर रसुवागढी नाकाबाट नेपाल भित्रियो ।

९.नेपालीहरुको महान चाड शुभ दीपावलीको चहलपहल सुरु भएसँगै भक्तपुरका प्रजापती समुदाय पाला बनाउन व्यस्त, काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरुको माग ।

१०. पछिल्लो २४ घण्टामा गरिएको १ हजार ७ सय ६३ परिक्षणमा थप ५२ जनाकोरोना संक्रमण पुष्टि, १६ जना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या ६ सय ६७ मा आइपुग्यो ।

११. नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको भनाइ, नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको दाबी ।

१२. अब मुम्बईमा कारको पछाडिको सिटका यात्रुका लागि पनि सिट बेल्ट अनिवार्य, नयाँ नियमको पालना नगरे दण्डीत हुनुपर्ने ।

१३. केन्यामा खडेरीका कारण नौ लाख भन्दा बढी बालबालिका कुपोषित, एक लाख ३४ हजार भन्दा बढी गर्भवती महिलाहरूमा पनि कुपोषण ।

१४. नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लबले वर्षायो कर्णाली प्रदेशको पोस्टमा १६ गोल, सावित्राकोमात्रै पाँच गोल ।

१५.र नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले चुमिन् राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक, पौडीतर्फ त्रिभुवन आर्मी क्लबका नासिर हुसेनले बनाए राष्ट्रिय कीर्तिमानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?