काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् ।
महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् । फूलमतिले विभागीय टोली एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जितिन् ।

फुलमतिले ४ मिनेट ३८ सेकेन्ड १९ मिलिसेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् । ५ मिनेट ३ सेकेन्ड ८० मिलिसेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् ।
पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२ सेकेन्ड २१ मिलिसेकेन्डमा पूरा गरे ।
एपिएफका अजित यादवले ३ मिनेट ५३ सेकेन्ड ११ मिलिसेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितेका छन् । नेपाल पुलिस क्लबका नागेश्वर अहिर ३ मिनेट ५६ सेकेन्ड ५ मिलिसेकेन्डमा दूरी पार गर्दै कास्य जित्न सफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया