नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाँकी

लोकपथ
91
Shares

काठमाडौं। नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू–भागबाट मनसुन प्रवेश गरेको थियो ।

यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ ।

नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ । यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी मनसुन बहिर्गमन हुन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?