प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक छ : वरिष्ठ नेता पौडेल

लोकपथ
7
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा शविनार (आज) आयोजित अन्तक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको बताए ।

वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै गाउँमा विकास र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको भन्नेमा जोड दिएका छन् । उनले विदेशिने युवा शक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने पनि बताएका हुन् ।

गठबन्धन सत्ताका लागि नभइ देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न भएको पौडेलको भनाइ छ । देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढिएको उनले बताएका हुन् ।

सो अवसरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुबै राजनीतिक दलका कार्यकर्ता इमान्दार भएर लागेको अवस्थामा जीत सुनिश्चित रहेको बताए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे विक, समानुपातिक उम्मेदवार श्यामकुमार मौरती लगायतका वक्ताले गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?