फोडेन थप पाँच वर्ष सिटीमै रहने

लोकपथ
104
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन पाँच वर्षको सम्झौता नवीकरण गरेका छन्। इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका फोडेनले सन् २०२७ सम्म सिटीमै रहने निर्णय लिएका हुन् ।

२२ वर्षीय मिडफिल्डर फोडन सिटी एकेडेमीकै हुन् । उनले सन् २०१७ बाट सिनियर टोलीबाट खेलेका थिए । फोडेनले सिटीका सिटीका लागि १ सय ८२ खेलमा ५२ गोल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?