तेक्वान्दो टोली बिहीवार थाइल्याण्ड प्रस्थान गर्ने

काठमाडौं । थाइल्याण्डमा हुने आठौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको आज बिदाइ गरिएको छ । 

यही कात्तिक ९ र १० गते हुने उक्त च्याम्पियनसीपमा ग्यरोगी र पुम्से विधामा नेपालका ५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त च्याम्पियनसीपका लागि दुई अफिसियलसहित ६० सदस्यीय नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै नेपाल तेक्वोन्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले बिदाइ गरे । 

रोशन खान र प्रकाशराज भण्डारीको नेतृत्वमा रहेको टोली भोलि बिहान थाइल्याण्ड प्रस्थान गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?