चीनले नेपाललार्इ दिँदै अाएको शैन्य सहायता ५०% ले बढायो

काठमाडाैं : चीनले नेपाली सेनालार्इ दिँदै अाएको शैन्य सहातामा ५०% ले बृद्धि गरेको छ ।

यसअघि बार्षिक १ सय मिलियन अारएमबी बराबरको सहायता दिँदै अाएको चीनियाँ जनमुक्ति सेना (पीएलए) ले यो पटक १ सय ५० मिलियन अारएमबी बराबरको शैन्य सहायता दिन लागेको हो । 

रक्षामन्त्री पोखरेलले शुरू गरेको साताव्यापी भ्रमणकै समयमा चीनले नेपाललार्इ दिन लागेको शैन्य सहायतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । झन्डै २ अर्ब ५३ करोड रूपैयाँ बराबरको यो शैन्य सहायताअन्तर्गत चीनले नेपाली सेनालार्इ विपद् व्यवस्थापन र शैन्य क्षमता अभिवृद्धिका लागि अावश्यक सामग्री उपलब्ध गराउने बुझिएको छ । 

हाल नेपालका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेल 'बेर्इजिङ जियान्सेन फोरम' मा भाग लिन चीन पुगेका छन् ।

यो शैन्य कार्यक्रममा चीनले नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापालार्इ समेत डाकेको थियो । तर कार्यव्यस्तताका कारण थापाले उपरथी तहका शैन्य अधिकारीलार्इ चीन पठाएका छन् । 

शैन्य बन्दोबस्तीका लागि बख्तरबन्द गाडी, क्रेन, सैन्य सामग्री र ट्रकजस्ता उपकरण चीनले उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?