यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको सटहीदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ४१ पैसा र बिक्रीदर ११८ रूपैयाँ १ पैसा तोकेको छ । युरोको खरिददर १३४ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३५ रूपैयाँ २४ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५३ रूपैयाँ १७पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ र बिक्रीदर ८३ रूपैयाँ ४२ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४५ पैसा र बिक्रीदर १० रूपैयाँ ५१ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७ रूपैयाँ १ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ २९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ २५ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४१ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रूपैयाँ १३ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ २० पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ३३ पैसा र बिक्रीदर १० रूपैयाँ ३८ पैसा, कुवेती दिनार १ को खरिददर ३८६ रूपैयाँ ९९ पैसा तथा बिक्रीदर ३८८ रूपैयाँ ९७ पैसा र बहरार्इन दिनार १ को खरिददर ३११ रूपैयाँ ४४ पैसा तथा बिक्रीदर ३१३ रूपैयाँ ३ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?