मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको शेखर गोल्छाको आरोप

लोकपथ
39
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने एक्स्ट्रा सुविधाले समस्या आएको बताएका छन् । उनले अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा (प्रिमियम) लिएर समस्या परेको बताएका हुन् ।

गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रुपमा लिएको दाबी गरे । उनले मौद्रिक नीतिले अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको आरोप लगाएका छन् । अध्यक्ष गोल्छाले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढ्दा समस्या उत्पन्न भएको जानकारी दिए ।

उनले नेपालको उधोग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको बताए । गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडिआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गरेको बताएका छन् । उनले लामो समय रेमिटेन्समा निर्भर भए झनै समस्या आउने उल्लेख गरे ।

गोल्छाले नेपालको अर्थतन्त्र र नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय डलर पुग्नु विदेशबाट आउने रेमिट्यान्स नै भएको बताए । उनले अब नेपाल रेमिट्यान्समा मात्रै भरपर्दा डरलाग्दो अवस्था आउनसक्ने भन्दै रमिट्यान्समा मात्रै भर पर्न नहुने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?