प्रहरीको पुरूष हक्की टिमको विजयी सुरूवात

लोकपथ
104
Shares

कास्की । पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले समूह चरणको पहिलो खेल खेल्दै विजयी सुरूवात गरेको छ ।

पोखरास्थित गौरीशंकर खेल मैदान ह्याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

नेपाल पुलिस क्लबको लागि नरेन्द्र कार्कीले ३ गोल, गणेश सिंह ठगुन्नाले १ गोल, महेश धामीले १ गोल र शशी दर्लामीले १ गोल गरेका थिए ।

दुई समूहमा विभाजित पुरूष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब समूह ‘बि’ मा रहेको छ । जसमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन् ।

नेपाल पुलिस क्लबले समूह चरणको अर्को खेल बागमती प्रदेशसँग असोज ३० गते खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?