मधेस प्रदेश मिडिया प्राधिकरणमा कर्मचारी अभाव, अध्यक्ष यादव आफैँ गर्छन् दर्ता चलानी

लोकपथ
117
Shares

सप्तरी । मधेस प्रदेशको मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मिडिया क्षेत्रमा उदाहरणीय काम गर्ने इच्छा भए पनि कर्मचारी र बजेटको अभावमा चाहेजति गर्न नसकेको बताएका छन् । थप जिम्मेवारीमा काम गर्नुपर्दा कतिपय अवस्थामा दर्ता चलानी सम्मको काम गरेर कार्यालयसमेत आफैँले सञ्चालन गर्दै आउनुपर्ने बाध्यता रहेको जानकारी दिए ।

प्राधिकरणको कार्यालयमा हाल कायम रहेको दरबन्दीमा प्रशासकीय प्रमुख १, नासु १,सहायक लेखापाल १, इलेक्ट्रोनिक कम्युनिकेसन इन्जिनियर १ र अन्यमा सवारी चालक १, कार्यालय सहयोगी २ भए पनि प्रशासकीय प्रमुख र इन्जिनियर अन्य कार्यालयबाट समय मिलाएर आउनाले काम गर्न एकदमै कठिनाइ भइरहेको उनले बताए ।

वर्तमान अवस्थामा पूरा समय कार्यालयमा कार्यालय सहयोगी दुई र सवारी चालक मात्र छन् । उनले भने, ‘कार्यालयमा एउटा पनि स्थायी कर्मचारी छैन । अन्य कार्यालयबाट थप जिम्मेवारीमा आएका कर्मचारीहरूले कार्यालयमा समय दिन नसक्दा गर्न चाहेको काम समयमा गर्न सक्ने अवस्था छैन ।’

प्रदेश सरकारले एकातिर कर्मचारी पठाउन सकेको छैन भने अर्कोतिर करारमा कर्मचारी राख्न पाउने अधिकार अहिलेसम्म दिन नसक्दा समस्या भएको हो । सञ्चारसम्बन्धी ऐन, नियमावलीमा समेत त्रुटि रहेकाले काम गर्न कठिनाइ भएको छ । अधिकार प्रत्यायोजन नहुँदा चाहेर पनि रेडियो एफएम, टेलिभिजन सम्बन्धित कार्यक्रम गर्न नसकेको अध्यक्ष यादवले बताए ।

२९ माई २०७७ देखि कार्यभार सम्हालेका यादवले शून्यदेखि काम सुरु गर्नु परे पनि अभावै अभावका बीच मधेस प्रदेशको मिडियाको सबलीकरणका लागि लोक कल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ पास गराउन सफल भएका छन् ।

रेडियो एफएम र टेलिभिजनलाई लोककल्याणकारी विज्ञानबापत भुक्तानी दिलाउन, मधेस प्रदेशका पत्रकारहरूलाई लक्षित गरि स्वास्थ्य र दुर्घटना बिमासम्बन्धी कार्यबिधि २०७९ मन्त्रिपरिषदबाट पास गराउन, गत आर्थिक वर्षको पहिलो चरणमा मधेस प्रदेशका एक सय ५० जना महिला पत्रकारको बिमा गराउन सफल भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?