अब भक्तपुरबाटै पाइने भयो सवारी लाइसेन्स

भक्तपुर, १ कात्तिक – यातायात व्यवस्था कार्यालय भक्तपुरले भक्तपुरबाटै चार पांग्रे सवारी चालक अनुमति पत्र (लाईसेन्स) को प्रयोगात्मक परीक्षा लिन सुरु गरेको छ ।बुधबारदेखि चार पांग्रे साना सवारीको प्रयोगात्मक परीक्षा लिन सुरु भएको हो ।मध्यपुरथिमि नगरपालिका–९ राधे राधेमा रहेको ईजी वे ट्रायल सेन्टरमा यातायात भक्तपुर बाट लिखित परीक्षा उत्तीर्ण गरेकाहरुले लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?