२१ दिनदेखि आन्दोलनरत ‘मिटर रिडरहरु’ आजदेखि काममा फर्के

धनुषा । २१ दिनदेखि आन्दोलनरत क्षेत्रीय विद्युत प्राधिकरण जनकपुर र विरानगरका विद्युतको मिटर चेक गर्ने (मिटर रिडर) आजदेखि कामममा फर्केका छन् । 

सेवा सुविधा वृद्धिको माग गर्दै गत असोज १६ गतेबाट आन्दोलनमा उत्रेका विद्युत प्राधिकरण अन्तर्गत काम गर्ने मिटर रिडरहरु तत्काल आन्दोलनलाई स्थगित गरी मंगलबारदेखि काममा फर्केका हुन् ।  

मिटर रिडर संघर्ष समितका सचिव उज्वल झाका अनुसार उर्जा मन्त्रालय, विद्युत प्राधिकरण र प्राधिकरणसँग सम्बन्धित संघ–संस्थाहरु आफूहरुको मागप्रति सकारात्मक रहेको अश्वासन पाएको बताए । साथै हिन्दूहरुको महान चाड तिहार–दीपावली र छठ पर्वलाई मध्यनजर गर्दै तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थागित गरी काममा फर्किने निर्णय लिएको मिटर रिडर संघर्ष समितका सचिव झाले जनकारी दिए ।    

ज्यालादारी सरह सेवा सुविधा पाउनुपर्ने लगायतको पाँच सूत्रीय माग राख्दै विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुर मुजेलिया र विराटनगर अन्तर्गत काम गर्ने ३ सय ५० मिटर रिडर कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रेका थिए ।

महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङलगायत तराई जिल्लाका मिटर रिडर गोटा रिडिङमा काम गर्दै आएको छन् । 

सरकराले तिहार र छठ पछि आफूहरुको माग पूरा नगरे दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने मिटर रिडर संघर्ष समितका सचिव झाले चेतावनी समेत दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?