फेन्सिङको तेस्रो दिनमा आर्मी र सशस्त्रलाई स्वर्ण

लोकपथ
39
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको तेस्रो दिन ११ वटा स्वर्णपदकको टुंगो लागेको छ । बिहीवार महिला फोयल इभेण्ट टिमको प्रतिष्पर्धामा वागमती प्रदेशलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले स्वर्ण पदक जितेको छ ।

नेपाली सेनाको त्रिभूवन आर्मीलाई (४५–४१ स्कोरमा) पराजित गर्दै फाइनल प्रवेश गरेको वागमती शसस्त्रसँग पराजित हुँदै रजतमा चित्त बुझायो । सशस्त्र प्रहरीले गण्डकी प्रदेशलाई (४५–१५ स्कोर) मा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । गण्डकी र त्रिभूवन आर्मीले भने कास्य पदकमा चित्त बुझाएका छन् ।

पुरुष टिम सेबर तर्फको स्वर्ण पदक प्रतिष्पर्धाको त्रिभूवन आर्मीले जितेको छ । आर्मीले वागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । वागमतीले रजत पदकमा चित्त बुझायो । गण्डकी वागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हुदैँ फाइनल पुग्नबाट चुक्यो ।

सेमिफाइनलमा पराजित गण्डकीले कास्य पदकमा चित्त बुझाएको छ । विभागीय डर्बीको प्रतिष्पर्धामा आर्मीले सशस्त्र प्रहरीलाई ४५–४३ स्कोरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अब फेन्सिङको अन्तिम स्वर्णको फाईनल शुक्रवार हुनेछ । पुरुष तर्फको ईपी टिम इभेण्टमा स्वर्ण पदकको लागि सशस्त्र प्रहरी र त्रिभूवन आर्मीबीच प्रतिष्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?