बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ

लोकपथ
26
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (मिनभवन) का अनुसार कास्कीको मादि गाउँपालिका वडा नं ७ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं ६ बस्दै आएका ५८ बर्षिय नारायण भण्डारी र भारतको हरियाणा घर भई हाल काठमाडौंको भोटेवहाल बस्दै आएका ४४ बर्षिय शशी शर्मालाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।

सो मध्ये भण्डारीलाई काठमाडौंको बालाजु चोक र शर्मालाई काठमाडौंको सतुंगलबाट पक्राउ गरिएको उक्त कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार पक्राउ परेका मध्ये भण्डारी उपर उच्च अदालत पाटनको २०७९ असार २१ गतेको फैसलामा दुई लाख रुपैयाँ जरिवाना, एक दिन कैद र आठ हजार रुपैयाँ क्षतिपुर्ती भराउने फैसला भएको थियो । सो पश्चात फरार रहेका भण्डारीलाई उक्त कार्यालयबाट खटिएको टोलीले बिहिवार बिहान अन्दाजी ११ बजे बालाजुचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई सोही दिन ललितपुर जिल्ला अदालतमा पठाईएको उक्त कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, बादी नेपाल सरकार र प्रतिवादी भारत देश हरियाना राज्य भिवानी जिल्ला चर्खिदारी भई हाल काठमाडौंको भोटेवहाल बस्ने ४४ बर्षिय शर्मालाई २५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ भदौ सात गते पक्राउ अनुमती जारी गरेको थियो । सो पश्चात फरार रहेका शर्मालाई बिहिवार सतुंगलबाट पक्राउ गरी सोही दिन महानगरीय प्रहरी बृत बालाजुमा पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (मिनभवन) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?