जाडोयाममा यसरी गर्नुस् छालाको स्याहार

जाडोयाम मौसम सुरु भईसकेकोे छ । समान्यतया जाडोमा छाला हल्का तौलीय हुनुको साथै सुख्खा हुने गर्छ ।

त्यसैले मौसम अनुसार छालाको स्याहार गर्न सके छालामा सृुन्दरता र निखारपना ल्याउन सकिन्छ । जाडोमा छाला स्याहारको तरिका थाहा पाए कम श्रृंगार विनानै राम्रो देखिन सकिन्छ । विहान बेलुकीको सामानय किसीमको हेरचाहका कारण पनि छाला मुलायम राख्न सकिन्छ । 

विहान: सोप फ्रि, फेसवास र एलोबेरा, मह अदिको फेसवासले अनुहार सफा गर्ने, राम्रो स्कीन टोनर एप्लाई गर्ने, स्कीन टोनर लगाएपछि हाई मोस्टराईज युक्त मोइस्चराइजर लगाउने, र त्यसको माथिबाट सनव्लक प्रयोग गर्ने, त्यस पछि लुज पाउडरको टच दिने आफ्नो छाला भन्दा तीन तह माथी लुज पाउडर प्रयोग  गर्नु पर्दछ ।  आफ्नो लिप्स अनुसार राम्रो ब्रान्डको लिप वाम प्रयोग गर्नुको साथै मोइस्चराइजयुतm लिपिस्टक  लगाउदा छाला मुलायम र राम्रो देखिन्छ । 

बेलुकी: दिनभरी छालामा टाँसिएका फोहोर तथा मेकअप उर्तान अथवा छालाको सफाई गर्नको लागि हरेक रात राम्रो क्लिन्जरले छालाको क्लिन्जिङ गर्ने, त्यसपछि टोनर लगाउने, उमेर अनुसार सुत्नु पुर्व अनिवार्य नाइट क्रिम लगाउने, अथवा छाला फुटेको  छ भने ग्लिसरिन तथा कागतीको मिश्रण प्रयोग गरे छाला चाडैँ  मुलायम पार्न सकिन्छ । 

ध्यान दिनैपर्ने कुराहरु 
अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता विक्ली प्याक लगाउनु पर्दछ ।  त्यसैगरि नुहाउँदा पनि अल्कोहल युक्त साबुन वा ड्राई साबुन प्रयोग नगरी  मोइस्चराजर युक्त साबुन वा सोप फ्रि बडीवासले शरीर सफा गरि मोइस्टराइजयुक्त बडी लोसन वा नरिसिङ क्रिम  वा कोल्ड क्रिमको प्रयोग गर्नु पर्दछ । साथै अनुहारको लागि छालाको प्रकृति अनुरुप नियमित फेसियल प्रभावकारीता कायम राख्न छालाको स्पेशल केयर अति आवशयक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?