माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

लोकपथ
39
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यो सेवामार्फत विदेशबाट माछापुच्छ्रे बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुले सजिलै रेमिट्यान्स पठाउन सक्ने छन् ।

सेवामार्फत भिसा डायरेक्टमा सहभागी रहेका १ सय ८० भन्दाबढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिने छ ।

उक्त सेवाबाट स्वदेश र विदेशबाट सरल, सहज, र सुरक्षित तरिकाले १६ अंकको भिसाकार्डमार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?