सिटिजन्स बैंकको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

लोकपथ
91
Shares

काठमाडौं । सिटिजन्स बैंकको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको बैंकले शुक्रवार (असोज २८ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले सभामा कम्पनीले गत वर्षको नाफाबाट ९५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग कालिकास्थानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?