क्लब प्लाटिनमका बाउन्सरलाई खुकुरी प्रहार गर्ने दुई जना पक्राउ

लोकपथ
13
Shares

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जिवन तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमानचोक नजिक धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए । उनीहरुलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

उक्त चोक नजिक मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जिवनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ ।

उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?