तीस अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

लोकपथ
26
Shares

काठमाडौं । वित्तीय प्रणालीमा देखिएको तरलता अभावको तरलता अभावको समस्यालाई नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले पुनः ३० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गरी बजारमा रकम पठाउन लागेको छ । राष्ट्र बैंकले आज बिहिवार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा रिपो बिक्री गर्न लागेको हो ।

परिपक्व हुने अवधि सात दिन अर्थात यही कात्र्तिक तीन गते तोकिएको रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले बोलकवोल पेस गर्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुँदा उक्त अभावलाई परिपुर्ती गर्नको लागि अल्पकालीन अवधिको रिपो जारी गर्ने गरेको छ भने बजारमा अधिक तरलता भएको अवस्थामा भने त्यसलाई नियन्त्रणमा राख्ने रिर्भस रिपो जारी गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?