२० मङ्सिर २०८०, बुधबार

अशोककालीन चारुमति स्तुप जीर्ण अवस्थामा

२०७४,कार्तिक,१,बुधबार ०५:५२

0
Shares

 काठमाडौँ, १ कात्तिक ।काठमाडौँ महानगरपालिका–७ स्थित ऐतिहासिक चारुमति स्तुप लामो समयदेखि मर्मत हुन नसक्दा हाल जीर्ण अवस्थामा पुगेको छ ।धन्दो चैत्य भनिने स्तुप आसपास रहेको मूर्ति, माने, अग्नि कुण्ड तथा पर्खाललगायत भौतिक संरचनाको अवस्था कमजोर हुँदै गइरहेको छ ।अशोककालीन दुई हजार ३०० वर्ष पुरानो इतिहास बोकेको उक्त स्तुपलाई धन्दो चैत्यसमेत भनिन्छ । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक रुपले काठमाडौँ उपत्यकाको महत्वपूर्ण मानिने सो स्तुप बौद्ध धर्मावलम्बीका लागि तीर्थस्थल तथा पर्यटकका लागि आकर्षक सम्पदास्थलका रुपमा छ ।लामो समयदेखि स्थानीय जनप्रतिनिधि नहुँदा त्यस क्षेत्रको संरक्षणमा समस्या भई चारुमती बुद्धिष्ट मिसन नेपालले विगत दुई दशकदेखि त्यस क्षेत्रको संरक्षण तथा संवद्र्धनमा सहयोग गर्दै आएको छ ।स्तुप परिसरभित्र रहेका कलात्मक प्रस्तरकलालाई सफासुग्घर गर्नुपर्ने देखिएको छ भने अग्नि कुण्डको तत्काल पुनःनिर्माण एवं सुधार गर्नुपर्ने अवस्था छ ।उक्त मिसनका अध्यक्ष भिक्षु तपस्सी धम्मले प्राचीन सम्पदास्थलकारुपमा परिचित त्यस क्षेत्रको राष्ट्रियस्तरबाट संरक्षण नभएकाले त्यहाँको कलात्मक मौलिकता लोप हुनसक्ने खतरा रहेको बताउँदै त्यसलाई चाँडो मर्मत तथा सम्भार गर्न आग्रह गरे ।वडाध्यक्ष शुद्धकुमार डंगोलले स्तुपको जीर्णोद्धारका लागि सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विभिन्न दातृ संघ संस्थासँग समन्वय र सहकार्य गरी मर्मत गरिने बताए । 

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०५:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार