काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको हो ।
नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराएका हुन् ।
गठबन्धनका दलले हिजो मंगलवार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । तर, केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्कासन गरिएको पौडेलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया