चितवन-३ मा कांग्रेसका बागी उम्मेदवार बनेका दिनेश कोइरालाको चुनाव चिन्ह माछा

लोकपथ
624
Shares

चितवन । नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । निर्वाचन कार्यालयले बुधवार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो ।

उनले चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चितवन ३ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर एमालेले कोइरालालाई समर्थन गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको नाम सूचीबाट हटाइएको हो । सोही क्षेत्रमा सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?