बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
78
Shares

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ११ गंगबु भण्डारी गाउँका ३४ बर्षिय रोशन भण्डारीलाई बुधवार सोही स्थानमा लुकीछीपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

कार्यालयका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ असार १३ गते भएको फैसलामा पाँच लाख ५० हजार रुपैयाँ जरिवाना, चार दिन कैद र २२ हजार रुपैयाँ क्षतिपुर्ति शुल्क भराउने फैसला भई फरार भएका भण्डारीलाई गंगबु भण्डारी गाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ लगत्तै भण्डारीलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?