काठमाडौं । नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता भरत शाहीले ‘लालटिन’ चुनाव चिह्न पाएका छन् । कैलाली–२ (ख) मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको भागमा परेपछि शाहीले असन्तुष्टि जनाएका थिए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका शाहीले कैलाली–२ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘मेरो चुनाव चिह्न ‘लालटिन’ कायम भएको छ’, बुधवार निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि उनले लोकपथलाई भने । उनले उम्मेदवारीसँगै विकास निर्माणका एजेण्डालाई जनतामाझ लैजाने बताए ।
उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने बताए । आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै उनले जनताको समर्थनले यसक्षेत्रको विकासमा आफू इमानदार भएर लाग्ने बताए ।
सो क्षेत्रमा नेकपा एमालेबाट डेजी पाण्डेय, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नन्दबहादुुर साउँद (राजेन्द्र), नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकेन्द्र मल्लले प्रदेश सभामा उम्मेदवारी दर्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया