डेंगुका कारण बागमतीमा २१ जनाको मृत्यु, २७ हजार बढी संक्रमित

लोकपथ
65
Shares

काठमाडौं । डेंगु रोगको सङ्क्रमणबाट साउनदेखि हालसम्म बागमती प्रदेशमा २१ ज्नाले ज्यान गुमाएका छन् । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार सो समयमा २७ हजार ७ सय ५० जना डेंगु रोगका बिरामी फेला परेका छन् ।

बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौं सबैभन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ । काठमाडौंमा ११ हजार चार सय ६७ र रसुवामा सात जना डेंगु रोगबाट सङ्क्रमित भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभ्रेमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, काठमाडौंमा सात, सिन्धुली र रामेछाप समान तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई /दुई, भक्तपुर र धादिङमा एक/एकजनाको मृत्यु भएको निर्देशनालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?