काठमाडौं । काठमाडौंमा यहि कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ ।
लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ । काठमाडौंमा आयोजना हुने स्र्टाअप फेस्ट यस वर्षको आठौँ कार्यक्रम हो, जसमा काठमाडौं बाहिरका ४० बढि स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनौट भएका उत्कृष्ट १२ सहित ५० बढि स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन् ।
यस फेस्टममा विभिन्न सस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन् । काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढि स्टार्टअप र आइडियाका सस्थापकहरुलाई किंङ्स कलेजले ३ दिनको बुटक्याम्प सञ्चालन गर्नेछ । यसैगरी विभिन्न आइटी कम्पनीमा भिजट र मेन्टरिङका सेसनहरु पनि सञ्चालन हुनेछन् ।
फेस्टमा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरुले पनि सहभागिता जनाउनेछन् । उनीहरुलाई अवलोकनकर्ताले प्रत्यक्ष भोटिङ गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ । उत्कृष्ट ५ को छनौटको लागि उनिहरुले सोहि दिन प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसनमा पनि सहभागि हुनेछन् ।
यस बाहेक अन्य राम्रा इन्नोभेसनहरु भएमा पनि सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ । वेबसाइट nepalistartup.com मार्फत स्टार्टअप तथा इन्नोभेसनलाई दर्ता गर्न सकिनेछ । अवलोकनको लागि कसैलाई कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया