गुल्मी–२ मा कांग्रेसका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

लोकपथ
260
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको लागि गुल्मीको क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका उम्मेदवार बुद्धि जीसीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नरेन्द्रबहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।

अर्यालले गठबन्धनका आधिकारिक उम्मेदवार जीसीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए । अर्यालले जीसीलाई पूर्ण समर्थन गरेर जिताउने अभियानमा लाग्ने बताएका छन् ।

अर्यालको उम्मेदवारी फिर्तापछि त्यस क्षेत्र प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उमेदवार रामकुमारी झाँक्रीलाई समेत सहज हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?