रोनाल्डो बने युरोपका शीर्ष ५ लिग फुटबलमा ४ सय गोल पूरा गर्ने पहिलो खेलाडी

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले युभेन्टसबाट सिरी ए मा ५, म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा ८४ तथा रियल मड्रिडबाट ला लिगामा ३११ गरी लिग खेलमा ४०० गोल गरेका छन् ।
यससँगै रोनाल्डो युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा ४ सय गोल पूरा गर्ने पहिलो खेलाडी हुन् । 

शनिबार राति इटालियन सिरीए अन्तर्गत भएको खेलमा युभेन्टसका लागि गोल गर्दै रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् । 

रियल मड्रिडबाट यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले १० खेलमा पाँचौ गोल गरेका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?