१८ फाल्गुन २०८०, शुक्रवार

नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैन : बिजुक्छे

२०७४,कार्तिक,१,बुधबार ०५:३१

0
Shares

भक्तपुर, १ कात्तिक ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन ।मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोप लगाए ।उनले भने– “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको बीच गएको हाम्रो पार्टी जनताको मतबाटै राष्ट्रिय पार्टी हुनेछ ।”बिजुक्छेले जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउँदै देशलाई जोगाउन पनि नेमकिपा संसद्मा पुग्नु जरुरी रहेको जिकिर गरे ।सरकारले ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेश नगरेकोप्रति चर्को आलोचना गर्दै बिजुक्छेले सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा नरहेको बताए ।कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, केन्द्रीय सदस्यहरु डिल्लीप्रसाद काफ्ले र केस तथा काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्य, केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जन, केन्द्रीय सदस्य अनुराधा थापामगर, भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, उपाध्यक्ष सुरेन्द्रराज गोसाई, नेक्रावि संघका अध्यक्ष नीरज लवजूलगायतले भारतको इशारामा बाम तथा लोकतान्त्रिक गठबन्धन भएको आरोप लगाउँदे सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग सरकारकै पक्षमा रहेको भन्दै आलोचना गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन् । भरतपुर

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ रहेको बताएका छन् ।

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोसे ढुंगा साबित

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन् ।

ताजा समाचार

जनताको शक्ति बुझेमात्रै देश विकास : लामिछाने
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३३
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५
‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३