मुक्तिनाथ कृषि कम्पनीले २० प्रतिशत आईपीओ जारी गर्ने

लोकपथ
52
Shares

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ । यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो ।

कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ । यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?