नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आज दुई खेल

लोकपथ
65
Shares

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज बुधवार दुई खेल हुँदैछन् । पोखरा क्रिकेट मैदानमा आज समूह ‘बी’ का दुई खेलहरु हुनेछन् ।

प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ र विभागीय टोली नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?