फेन्सिङ : आर्मी, सशस्त्र र वागमतीलाई स्वर्ण, ईपीमा गण्डकीले जित्यो पहिलो कास्य

लोकपथ
26
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङमा खेलमा सोमवार तीन स्वर्णको छिनोफानो भएको छ । यसअघि आईतवार तीन स्वर्णको टुङ्गो लगोको थियो । यससँगै फेन्सिङमा समग्रमा छ स्वर्ण पदकको छिनोफानो भएको छ ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको प्रतिष्पर्धामा मंगलवार फेन्सिङ पुरुष व्यक्तिगत साबरतर्फ सशस्त्र प्रहरी बलका राजेन्द्र गजुरेलले स्वर्ण पदक जितेका हुन् । उनले सातौंमा टिम इभेन्टमा रजत, ८ औँ राष्ट्रिय प्रतियोगितामा टिम र एकल दुईमा रजत पदक जितेका थिए ।

साबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदकमा चित्त बुझाएका थिए । विभागीय प्रतिष्पर्धामा गजुरेलले बाजी मारेका हुन् । त्यसै गरी आर्मीकै रघुवीर चन्द र सशस्त्र प्रहरी बलका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए ।

महिला तर्फको फोयल प्रतिष्पर्धामा आर्मीकी रमाकुमारी सिंहले स्वर्ण पदक जितिन् । सशस्त्र प्रहरी बलकी मनिषा राईले रजत र सशस्त्र प्रहरी बलकै मन्दिरा थापा र अनिता अधिकारीले कास्य पदक जिते ।

पुरुष ईपी तर्फको प्रतिष्पर्धामा वागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । उनले विभागीय खेलाडीलाई पाखा लगाउँदै स्वर्ण जितेका हुन् । नेपाली सेनाका राम थापाले रजत पदकमा चित्त बुझाए । सेनाका मीन कार्की र गण्डकी प्रदेशका विजय अधिकारीले कास्य पदक जिते ।

अधिकारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशकै पहिलो पदक विजेता खेलाडी बन्न सफल भए । फेन्सिङको व्यक्तिगततर्फ पुरुष साबर, पुरुष ईपी र महिला तर्फको फोयल खेलको निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?