कैलाली-५ मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी खारेज

लोकपथ
143
Shares

धनगढी । कैलाली–५ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीको उम्मेदवारी खारेज गरिएको छ ।

उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएका थारुको उम्मेदवारी खारेज भएको हाे । फैसलापछि चाैधरी फरारको सूचीमा छन् ।

उनीविरूद्ध सोमवार धनगढी–१५ का रामबहादुर सिंहले निर्वाचन कार्यालयमा उजुरी दिएका थिए ।

२३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी खारेज हुने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले  बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले थारुलाई मंगलबार दिउँसो ३ बजेभित्र प्रमाणसहित उम्मेदवारी बदर गर्न नपर्ने कारण पेश गर्ने समय दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?