ह्याण्डबल : मधेस प्रदेशका दुवै टोली पराजित

लोकपथ
39
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला तर्फको ह्याण्डबल प्रतिष्पर्धामा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ११–७ गोलको अन्तरले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिष्पर्धात्मक जित निकाल्ने क्रममा अञ्जली शाही र संगीता सिंहले समान ५ गोलको योगदान गरे ।

पुरुष तर्फको ह्याण्डबल प्रतिष्पर्धामा वागमतीले मधेस प्रदेशलाई २१–१३ स्कोरले पराजित ग र्‍यो । सोनाम राकेश शेर्पाले वागमताीका लागि सर्वाधिक ५ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?